जापानी क्रुजमा कोरोना भाइरस भेटियो (भिडियो)

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : ३१


काठमाडाैं । काठमाडौं, २२ माघ (एजेन्सी) । जापानी एक क्रुजमा कोरोना भाइरस भेटिएको छ । योकोहामा नजिकै ‘क्वारेन्टाइन’का लागि छोडिएको क्रुजभित्र भएका १० जनामा कोरोना भाइरस भेटिएको जापानका स्वास्थ्यमन्त्री कात्सुनोबो कातोले बुधबार जानकारी दिएका छन् ।

क्रुजमा रहेका एक जनालाई निमोनिया सँगै ज्वरो आएपछि चेक गर्दा उनीमा भाइरस देखिएको थियो । त्यसपछि क्रुजमा रहेका अन्यलाई चेकजाँच गर्दा भाइरस संक्रमण देखिएको बताइएको छ । ‘द डायमण्ड प्रिन्सेस’ नाम दिइएको उक्त जहाजमा ३७०० यात्रु तथा क्रुका सदस्य रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।

यसअघि प्रकाशित समाचारमा जहाजभित्र ३५ सय यात्रु रहेको बताइएको थियो । जहाजभित्र यात्रा गरिरहेका ८० वर्षे एक यात्रुलाई निमोनिया पैदा गर्ने भाइरस लागेको भेटिएपछि उक्त जहाजलाई सोमबारदेखि योकोहामाको बन्दरगाहमा छोडिएको थियो ।

२ सय ७३ यात्रुको रगत परीक्षण गरिएको मन्त्रालयका अधिकारीले जानकारी जनाएक छन् । तीमध्ये ३१ जनाको नतिजा आएकोमा १० जनामाथि भाइरसको संक्रमण देखिएको मन्त्रालयले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्