फिल्म आशिकीकी अभिनेत्री अनु अग्रवाल चाडै कपिल शर्मा शो मा जान लागेकी छिन्। सार्वजनिक भएको एक तस्वीरमा अनुसँगै आशिकीका हिरो राहुल पनि एकसाथ देखिएका छन्।
सार्वजनिक भएको तस्वीरमा अनुलाई चिन्न मुस्किल भएको भारतीय मिडियाले जनाएका छन्। २१ वर्षको उमेरमा अनुले अभिनयको क्षेत्रमा प्रवेश गरेकी थिइन्। अनुले अभिनय गरेको पहिलो फिल्म आशिकी थियो। जसको निर्देशन महेश भट्टले गरेका थिए। यस फिल्म प्रदर्शन भएको ३० वर्ष भइसकेको छ।
पहिलो फिल्मबाटै अनु दर्शकका माझमा लोकप्रिय बनेकी थिइन्। आशिकीबाट रातारात हिट भएकी अनुले कयौँ फिल्ममा काम गरेकी थिइन्।
अनुको जीवनमा यस्तो एउटा समय आयो, जसले उनको पूरै जीवन हल्लाएर राखिदियो। सन् १९९९ मा अनु एक दर्दनाक सडक दुर्घटनाको शिकार भइन्। दुर्घटनामा उनको स्मरण शक्तिमा त असर पर्यो नै। उनीलाई हिँड्न घुम्न पनि समस्या भयो। दुर्घटनापछि २९ दिनसम्म उनी कोमामा बसिन्।
करिब ३ वर्षको उपचारपछि अनु ठिक भइन्। स्वास्थ्यमा सुधार आएपछि अनुले आफ्नो सबै सम्पत्ति दान गरेर योग टिचर बनिन्। अनु अहिले बिहारको मुंगेर जिल्लामा एक्लै बस्छिन् र त्यहाँ योग सिकाउने काम गर्छिन्।
अनुले सन् २०१५ मा 'अनयूजवलः मेमोरी अफ ए गर्ल हू कम ब्याक फ्रेम डेड' आत्मकथा सार्वजनिक गरेकी थिइन्। जसमा उनले आफ्नो जीवनको हरेक रहस्य सार्वजनिक गरेकी छिन्।