दुलही लिन जाँदै गरेका बेहुलाको बीच बाटैमा हत्या, टाउकोमा गोली हानियाे

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ७ : ०१


काठमाडाैं । बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको हत्या भएको छ । भारतको उत्तरप्रदेश राज्यको आजमगढमा कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गोली हानेर हत्या गरेको हो ।

मेहनगर थाना क्षेत्रअन्तर्गत सिंहपुर निवासी हरिषचन्द्र गुप्ताका २५ वर्षीय छोरा सुमितको हत्या भएको प्रहरीले जानकारी दिएकाे छ । लालगंज बजारस्थित लालबहादुर गुप्ताकी छोरीसँग मंगलबार राति उनको विवाह हुने कार्यक्रम थियो । बेहुली पक्ष जन्तीको स्वागतको तयारीमा जुटिरहेको समयमा करिब एक किलोमिटरको दूरीमा बेहुलाको हत्या भएको हो ।

 गोली प्रहार गरेलगत्तै हमलाकारीहरु मोटरसाइकलसहित फरार भएको बताइएको छ । प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुमितको टाउकोमा गोली लागेको थियो ।


प्रतिक्रिया दिनुहोस्