भुटानी शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन तयार, सरकारी वकिललाई बुझाइँदै

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १२ : ३४


काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउँदै छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो । पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जनाएको छ ।

यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार पीडितको सङ्ख्या झन्डै नौ सयको हाराहारीमा रहेको छ भने सङ्गठित गिरोहले एक अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको खुलेको छ ।


प्रतिक्रिया दिनुहोस्