जी–सेभेन बैठकमा चीनको आर्थिक र सैन्य गतिविधिबारे चासो

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ४ : ३५


एजेन्सी । आर्थिक रूपमा सम्पन्न विश्वका सात प्रमुख देशहरुको समूह जी–सेभेनका नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको सैन्य गतिविधिलाई लिएर चासो व्यक्त गरेका छन् ।

जापानको हिरोसिमामा भएको शिखर सम्मेलनले जारी गरेको विज्ञप्तिमा चीनको आर्थिक र सैन्य गतिविधिबारे चिन्ता व्यक्त गरिएको हो ।

साथै जी–सेभेन देशका नेताहरुले चीनसँग ‘स्थिर र रचनात्मक’ सम्बन्ध रहनुपर्नेमा जोड दिए ।

चीनलाई हस्तक्षेपकारी गतिविधि नगर्न तथा तिब्बत र सिन्जियाङको सुदूर पश्चिमी क्षेत्रमा कथित मानवअधिकार उल्लङ्घनबारे चिन्ता व्यक्त गरिएको छ । यसैबीच चीनले जी–सेभेन समूहको विज्ञप्तिप्रति असन्तुष्टि व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्