आज पनि घट्याे सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ५ : ०८


काठमाडौं । आज पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७५ हजार २ सय रुपैयामा कारोबार भैरहेको छ । आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुनकाे मूल्य प्रतितोला ७४ हजार ९ सय रुपैयाँ छ । आज चाँदीको भाउ पनि घटेको छ । आज  चाँदीको भाउ प्रति तोला ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 हिंजाे छापावाल सुन प्रतितोला ७६ हजार रुपैयामा कारोबार भएकाे थियाे भने तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे थियाे । चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएकाे थियाे । 


प्रतिक्रिया दिनुहोस्