तातोपानी नाकाबाट ३५ हजार टन युरिया मल नेपाल भित्रिदै

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  १२ : २७


काठमाडौं । उत्तरी सीमा तातोपानी नाकाबाट सिल्क मार्केटले २५ हजार र १० हजार परिणामको दुई चरणमा ३५ हजार टन युरिया मल तातोपानी भन्सार कार्यालयमा भित्राउन थालेको छ ।

जसमा तीन हजार पाँच सय टन मल कृषि सामग्री कम्पनी लिमिटेडले बुझिसकेको छ ।

उक्त परिणामको मलको टेष्ट र इन्पेक्सन प्रक्रिया छिटो गरिदिन कृषि सामग्री केन्द्रलाई आग्रह गरिएको छ ।

तातोपानी भन्सारको स्टोरेज क्षमता सात हजार पाँच सय टन मात्र भएकाले बाँकी मल सिगात्सेमा नै रहेको छ । केही दिनमा उक्त मल तातोपानी भन्सारमा भित्रिने छ ।

यस वर्ष समयमा नै मल आयात हुन थालेपछि किसानले उपयुक्त समयमा नै रासायनिक मल पाउने सिल्क मार्केटले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्