काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका कुनैपनि नेपालीमा कोरोना संक्रमण नभएको बताउनुभएको छ।
चिनियाँ दूतावासले मंगलबार सञ्चार माध्यमलाई दिएको जानकारीमा राजदूत होउले नेपालीहरूको स्वास्थ्यलाई चीनले सुरक्षित गरेको प्रष्ट पार्नुभएको छ। उहाँले चीनमा रहेका सबै नेपालीहरू सुरक्षित रहेको बताउनुभयो।
उहाँले चिनियाँ परराष्ट्र मन्त्रालयको एक डिभिजन बेइजिङमा रहेको नेपाली राजदूतावाससँग सम्पर्कमा रहेको र वुहानमा रहेका नेपाली विद्यार्थीको कठिन अवस्थालाई समाधान गर्न सहयोग गरेको पनि बताउनुभयो। आजको कान्तिपुर दैनिकमा खबर छ।