आज विश्व दूरसञ्चार र सूचना समाज दिवस मनाइँदै

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ७ : ५१


काठमाडौं । विश्व दूरसञ्चार र सूचना समाज दिवस अर्थात् विश्व दूरसञ्चार र सूचना समाज दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तरक्रियालगायत कार्यक्रम गर्न लागेको हो ।

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहान होटल राजधानीको र्‍याडिसनमा दूरसञ्चारसम्बन्धी गोष्ठी आयोजना गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।

विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाउने गरिएको छ।


प्रतिक्रिया दिनुहोस्