मोखा चक्रवात : बंङ्लादेशमा शरणार्थी शिविर ध्वस्त, म्यानमारमा पाँचको मृत्यु

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ७ : ४७


एजेन्सी । मोखा नामक चक्रवातको असरका कारण बंलादेश र म्यानमारमा ठूलो वर्षा भएको छ । त्यहाँको मौसम विज्ञान विभागका अनुसार कतिपय ठाउँमा आँधीबेहरीसमेत आएको हो ।

बङ्लादेशको कक्स बजार क्षेत्रमा आँधीबेहरीले भौतिक रुपमा क्षति पुर्‍याएको छ ।

त्यहाँ रहेका धेरैजसो शरणार्थी शिविरहरु ध्वस्त भएका छन् । नागरिकलाई भने सुरक्षित ठाउँमा सारिएकाले उनीहरु सुरक्षित छन् ।

यस्तै, म्यानमारमा पनि आँधीबेहरीले नोक्सानी पुर्‍याएको छ । चक्रवातको असर परेको क्षेत्रमा बाढी पहिरो पनि आएको छ । जसमा परेर पाँच जनाको ज्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्