आईपीएल : पञ्जाबको सहज जित, दिल्ली प्लेअफ होडबाट बाहिर

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : ४७


काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ पुग्ने होडबाट दिल्ली क्यापिटल्स बाहिरिएको छ ।

गएराति दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा पञ्जाबले ३१ रनको जित निकालेसँगै दिल्ली प्लेअफको होडबाट बाहिरिएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्ली ८ विकेट गुमाएर १३६ रनमा समेटियो ।

पराजितसँगै दिल्ली प्लेअफको होडबाट बाहिरिएको छ। १२ खेलबाट ८ अंक जोड्दै तालिकाको पुछारमा रहेको दिल्लीले जारी सिजन ४ खेलमात्र जित्न सकेको छ । पञ्जाब भने दिल्लीलाई हराएर १२ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।


प्रतिक्रिया दिनुहोस्