काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आज 'सारङ्गी र बाँसुरी साँझ'को आयोजना भएको छ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा उक्त कार्यक्रमको आयोजना भएको प्रधानमन्त्री निजी सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार suryaले सामाजिक सञ्जालमा उक्त साँझको तस्वीर सार्वजनिक गर्नुभएको छ।
तस्वीरको क्याप्सनमा लेखिएको छ, 'बालुवाटारमा सारङ्गी र बाँसुरीको सुमधुर धून ।' सार्वजनिक भएको तस्वीरमा प्रधानमन्त्री ओलीले बाँसुरी, पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपालले सारङ्गी बजाउँदै गरेको देख्न सकिन्छ।