ट्विटरको नयाँ सीईओमा लिन्डा याकरिनो नियुक्त

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ४ : ००


एजेन्सी । इलोन मस्कले ट्विटरको नयाँ सीईओको नाम घोषणा गरेका छन् । एनबीसी युनिभर्सलकी पूर्व विज्ञापन प्रमुख लिन्डा याकरिनोलाई उनले ट्विटरको सीईओ बनाएका हुन् ।

करिब ६ हप्तापछि उनले नयाँ कार्यभार सम्हाल्ने बताइएको छ । मस्कले ट्विटरमार्फत यसको घोषणा गरेका छन्। एक दिनअघि नै उनले नयाँ सीईओ फेला पारेको बताएका थिए। तर, नाम खुलाएका थिएनन् ।

नयाँ सीईओ नियुक्तिसँगै आफू कार्यकारी अध्यक्ष र चिफ टेक्नोलोजी अफिसरको भूमिकामा रहने मस्कले बताएका छन् ।

याक्कारिनोले बिजनेस हेर्ने र आफूले प्रडक्ट डिजाइन तथा नयाँ प्रविधि हेर्ने उनले जानकारी दिए ।

एनबीसी युनिभर्सलमा १२ वर्ष बिताएकी याक्कारिनोले विज्ञापनको क्षेत्रमा ट्विटरलाई निकै ठूलो फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्