एजेन्सी । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले पतिसँग सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन् ।
प्रधानमन्त्री रहेकै बेला २०१९ मा मार्कर राइकोनेनसँग विवाह गरेकी उनले सम्बन्धविच्छेदको निवेदन दिएकी हुन् ।
उनीहरुले संयुक्त रुपमा सम्बन्धविच्छेदको निवेदन दिएको इन्स्टाग्राममार्फत खुलासा गरे ।
राइकोनेन भर्खरसम्म एक भेन्चर क्यापिटल कम्पनीमा काम गर्थे। उनीहरुका पाँच वर्षकी एक छोरी छन्।
गत महिना भएको निर्वाचनमा पराजय बेहोरेसँगै मरिन प्रधानमन्त्रीबाट हट्ने निश्चित भइसकेको छ।