पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ४ : ०६


एजेन्सी । पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री इमरान खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर गरेको छ ।

खानले प्रधानमन्त्री हुँदा विदेशी पाहुनाबाट प्राप्त गरेको उपहार गैरकानुनी रूपमा बेचेको अदालतले ठहर गरेको हो ।

खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए । खानमाथि गएको अगस्टमा पाकिस्तान मुस्लिम लिगका एक सदस्यले मुद्दा दायर गरेका थिए ।

खानले उपहार राज्यकोषमा दाखिला नगरी भ्रष्ट आचरणमा संलग्न रहेको अदालतको ठहर छ ।


प्रतिक्रिया दिनुहोस्