होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहिबार  ११ : ०४


धादिङ । होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ ।

धादिङको गल्छी गाउँपालिका-८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले कटलपौवाका २७ वर्षीय विनोद थापामगरमाथि छुरा प्रहार गरी हत्या गरेका हुन् ।

आरोपितलाई रातिनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । खाजा खाएपछि होटल सञ्चालकसित पैसा तिर्नेबेला भनाभन भएको बताइएको छ ।

खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिनेक्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ ।

घटनापछि पण्डित फारर भएका थिए । घाइते थापामगरको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस्