केटाहरुलाई किन सताउन थालिन् दाङकी याङ्शुले ? (भिडियोसहित)

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : ०५


काठमाडौं । सानैदेखि नृत्य र अभिनय गर्दै आएकी दाङकी याङ्शु श्रेष्ठलाई अब भने केटाहरुले सताउने र आफूले पनि केटाहरुलाई सताउने भएकी छन् । तर, त्यो रियल लाइफमा होइन रिलको लाइफमा ।

त्यसो त दाङकी यी कलाकार याङ्शुले बच्चैदेखि विभिन्न म्युजिक भिडियो र फिल्महरुमा आफ्नो अभिनय र नृत्यकला देखाइसकेकी छन् । उनैको मुख्य अभिनय र नृत्य रहेको नयाँ म्युजिक भिडियो बजारमा आएको छ, ‘तिमीले पनि सताउँछौ, मैले पनि सताउँछु’ बोलको गीतमा ।

प्रस्तुत गीतमा मेलिना राई र डीबी खड्काको कर्णप्रिय अनि सुमधर सजिएको छ । त्यस्तै, समुद्र वाग्ले र याङ्शु श्रेष्ठको लोभलाग्दो अभिनय देख्न सकिन्छ भने गीत रत्न बेहोसी र रामकुमार राईको रहेको छ । यो गीतमा संगीत डीबी खड्काकै छ भने निर्देशन र सम्पादन क्रान्ति केसीले गरेका छन् । यो म्युजिक भिडियोको सिनेमाटोग्राफर अजय रेग्मी रहेका छन् । ओएसआर डिजिटलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

याङ्शु भर्खरै १२ वर्ष पुगिन् । तर पनि सानै उमेरमा उनले ६ वटा म्युजिक भिडियोमा खेलिसकेकी छन् । दुईवटा नेपाली कथानक चलचित्र, मेरी बास्सै, केही विज्ञापनहरुमा समेत याङ्शुले अभिनय गरिसकेकी छन् । लिटिल मिस नेपालको उपाधि जितेकी याङ्शुले २ वटा गीतसमेत रेकर्ड गराइसकेकी छन् ।

सानै उमेरमा नृत्य, अभिनय र गायनमा लागेर उत्कृष्टता हासिल गरिरहेकी याङ्शु कक्षामा समेत प्रथम हुन्छिन् । त्यसबाहेक ह्याण्डराइटिङ, आर्ट लगायतमा पनि उत्कृष्टता हासिल गरिरहेकी छन् ।

भिडियो हेर्नुहोस्  


प्रतिक्रिया दिनुहोस्