रुसद्वारा युक्रेनमा ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमण

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ६ : ०९


एजेन्सी । रुसले युक्रेनमा कामिकाजे नामको शक्तिशाली ड्रोन आक्रमण गरेको छ । रसियाले गरेको ड्रोन तथा मिसाइल आक्रमणपछि युक्रेनभर हवाई हमलाको ‘साइरन’ बजेको हो ।

सबैभन्दा ठूलो यो ड्रोन आक्रमणमा पाँचजना घाइते भएको कीभका मेयरले बताएका छन् । ड्रोन र मिसाइल आक्रमणको नयाँ लहर सुरु भएसँगै युक्रेनभर हवाई आक्रमणको साइरनहरु बजेको छ ।

राजधानी कीभमा रातभर ठूलो विस्फोटको आवाज सुनिएको थियो । दक्षिणी ओडेसा क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ ।

रुसले किभमा झण्डै ६० ड्रोन प्रक्षेपण गरेकोमा ३६ वटा ड्रोन ध्वस्त पारेको युक्रेनले बताएको छ । ड्रोनबाट खसेर ५ जना घाइते भएको युक्रेनको दाबी छ ।


प्रतिक्रिया दिनुहोस्