काठमाडौं । आज मंगलवार कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ ।
नेपालमा प्रधान न्यायालय ऐन २००८ बने पनि त्यसको लागू भने विक्रम संवत् २००९ वैशाख २६ गतेबाट लागू भएको थियो ।
सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिएको छ ।
सर्वोच्च अदालतले हरेक वर्ष दिवस प्रत्येक वर्ष मनाउने गरेको छ ।