काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभामा आज पनि प्रि-बजेटका बारेमा छलफल हुने भएको छ ।
प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकको निर्णय अनुसार आज पनि प्रि-बजेटका बारेमा छलफल हुन लागेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेपछि सोमबारबाट प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु भएको थियो ।
संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल हुनेछ । २७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको सचिवालयले छ ।