युक्रेनको दाबी – रुसी अत्याधुनिक हाइपरसोनिक मिसाइल नष्ट गर्‍यौ

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १ : ३७


एजेन्सी । युक्रेनको वायुसेनाले अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टमबाट रुसको अत्याधुनिक हाइपरसोनिक मिसाइल ‘प्याट्रियट’ नष्ट गरेको दाबी गरेको छ ।

वायुसेनाका प्रवक्ता युरी इहनातले युक्रेनको च्यानल २४ लाई जानकारी दिदै रुसी हाइपरसोनीक मिसाइल नष्ट गरेको दाबी गरेका हुन् ।

उनले रसियाले अमेरिकाको प्याट्रियट मिसाइल प्रणाली पुरानो भएको र रुसको हतियार विश्वकै उत्कृष्ट रहेको भनेपनि अहिले ‘किंजल’ हावामा थुप्रिएर बस्नु परेको बताए ।

युक्रेनले अप्रिलको अन्त्यमा प्याट्रियट मिसाइलको पहिलो ब्याच प्राप्त गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि यस मिसाइलको प्रशंसा गरेका थिए । पुटिनले यस मिसाइललाई कसैले रोक्न नसक्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्