एजेन्सी । चीनको वुहानमा तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला पूरै विश्व त्रसित बनेको छ ।
अहिलेसम्म २० हजार ६ सय २२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने ४२६ जनाको ज्यान गइसकेको छ। जसमध्ये संक्रमित २० हजार ४३८ जना र ज्यान गुमाउने ४२० जना चिनियाँ नागरिक हुन्।
यस भाइरसको औषधिका लागि डाक्टर तथा वैज्ञानिक दिनरात खोजमा लागेका छन्। यसै क्रममा माइक्रोस्कोपबाट खिचिएको निकै खतरनाक कोरोना भाइरसको वास्तविक तस्वीर सार्वजनिक गएको छ।
माइक्रोस्कोपबाट लिइएको जुन तस्वीर सार्वजनिक भएको छ, त्यसमा यो भाइरस एक मिलिमिटरको एक लाख क्षेत्रको सानो सानो क्षेत्रमा विभाजित गर्दा मात्र यो मापन गर्न सकिन्छ।
चीनमा चार सय व्यक्तिको ज्यान गएपछि अनुसन्धान कर्ताले माइक्रोस्कोपबाट लिइएको तस्वीर सार्वजनिक गरेका हुन्। यस भाइरसले पूरै महाद्पिलाई आफ्नो चपेटामा पारेको छ। कयौँ अन्तर्राष्ट्रिय संस्थाले यसलाई सार्वजनिक रुपमा आपतकालको घोषणा पनि गरेका छन्।
हेर्नुहोस् माइक्रोस्कोपबाट लिएका तस्वीर