आजदेखि बजेट अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : ०९


काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज देखि सुरु हुँदै छ ।

संनयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।

राष्ट्रियसभाको १४औँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।

संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्