स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सरकारको निर्देशन – जथाभावी विदेश भ्रमणमा नजानू

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ७ : ५७


काठमाडौं । सरकारले पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै जनप्रतिनिधि र कर्मचारीलाई जथाभावी विदेश भ्रमणमा नजान भनेको हो ।

यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

अत्यावश्यक र औचित्यपूर्ण अवस्थामा बाहेक वैदेशिक भ्रमण स्वीकृतिका लागि नपठाउन मन्त्रालयले जिल्ला समन्वय अधिकारी र पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्