काठमाडाैं । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै छ । आज बस्ने बैठकमा विभिन्न विधेयक र विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछन् । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न ८ वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्ने कार्यसूची छ । शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्ने कार्यसूचीमा उल्लेख छ।