ट्रम्पको त्यो फैसला, जस कारण अहिले महामारीको त्रासमा छ अमेरिका

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ६ : ०५


एजेन्सी । के अमेरिका कोरोना भाइरससँग लड्नका लागि तयार छ ? यदी यो संक्रमण महामारी बनेर अमेरिकामा फैलियो भने राष्ट्रपति ट्रम्पले के यसबाट आफ्नो जनतालाई बचाउन सक्लान ? 

अमेरिकामा के तयारी छ यस्तो भाइरस रोक्नका लागि ? अन्तर्राष्ट्रिय मिडिया रिर्पोटका अनुसार ट्रम्पले २ वर्षअघि महामारीसँग लड्न र नियन्त्रण गर्नका लागि बनेका मेडिकल विभाग खतम गरेका थिए। 

अहिलेसम्म २० हजार ६ सय २२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने ४२६ जनाको ज्यान गइसकेको छ। जसमध्ये संक्रमित २० हजार ४३८ जना र ज्यान गुमाउने ४२० जना चिनियाँ नागरिक हुन्।

अमेरिकामा पनि कोरोना भाइरसको संक्रमित भेटिसकेको छ। अहिलेसम्म अमेरिकामा रहेका ११ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। 

सन् २०१८ मा अमेरिकी राष्ट्रपति ट्रम्पले महामारीसँग लड्न र बचाउनका लागि बनेका विभाग सबै हटाए। यदी अमेरिकामा कोरोना भाइरसले महामारीको रुप ल्याए त्यहाँका जनतालाई बचाउन के गर्थे होला ? अब प्रश्न उठ्न थालेको छ।
 
ट्रम्पले महामारीसँग लड्ने मेडिकल विभाग मात्रै खारेज गरेनन् उनले सरकारी निवास अर्थात व्हाइट हाउसमा तैनाथ यस विभागका मानिस र प्रबन्धन टिम पनि हटाए। २ वर्षअघि ट्रम्पले चालेको उक्त कदमप्रति अहिले अमेरिकी जनता निकै रुष्ट र त्रसित बनेका छन्। 

पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको पालामा व्हाइट हाउसमा तैनाथ महामारी बचाउ विभागको स्थापना भएको थियो। ट्रम्पले ती सबै खारेज गरेपछि अब अमेरिकामा महामारी फैलिहाले त्यसलाई नियन्त्रण गर्ने कुनै संयन्त्र रहेको छैन्। अब अमेरिकामाथि महामारी फैलिने खतरा बढेको छ। 

विश्वकै धनी मानिस बिल गेट्सले पनि लगातार महामारीका लागि अमेरिकाको तयारीप्रति चेतावनी दिइरहेका छन्। बिल गेट्स उत्तराधिकारी रहेको एचआर म्याकमास्टरले अमेरिकी प्रशासनलाई पटक पटक महामारी बचाउ विभाग पुनःस्थापना गर्न झकझकाइरहेका छन। 


प्रतिक्रिया दिनुहोस्