काठमाडाैं । तेस्रो लिंगी अजिता भुजेलको ट्रकमा पालैपालो बलात्कार त्पयसपछि हत्या भएकाे रहस्य खुलेकाे छ । हेटौंडा–११ की तेस्रो लिंगी अजिता भुजेलको बलात्कारपछि हत्या भएको प्रहरीले बताएकाे हाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्यामा संलग्न पाँच युवकलाई मंगलबार सार्वजनिक गरेको छ ।
यही माघ ४ गते बिहान हेटौंडा–५, क्याम्पाडाँडास्थित कान्तिलोकपथमा अजिताको शव फेला परेको थियो । यौन सम्पर्कपश्चात् पैसाका विषयमा विवाद भएपछि भुजेलको हत्या गरिएको अनुसन्धानबाट खुल्नमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभएकाे छ ।
घटनामा संलग्न आरोपमा प्रहरीले हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको छ ।
ना ६ ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा–११ थानाभर्याङमा ७ हजार रूपैयाँमा सम्झौता गरी यौन सम्पर्क गरेकाे र सम्पर्कपछि पैसाबारे विवाद हुँदा उनको हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनको हत्या गरेर शव ट्रकमै हालेर क्याम्पाडाँडामा लगी फालेकाे प्रहरीले जनाएकाे छ ।