काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ ।
पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकमा मूलतः सरकारमा सहभागी हुने या बाहिरिने भन्नेबारे गम्भीर छलफल भएर आवश्यक निर्णय हुन लागेको हो ।
सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुने जानकारी दिए ।
गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आएपछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
सत्तारुढ गठबन्धनले भने रास्वपालाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री प्रचण्डलाई जिम्मेवारी प्रदान गरेको छ ।