सुडानमा आजदेखि एक हप्ते युद्धविराम लागू, कार्यान्वयन हुनेमा आशङ्का

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ४ : ०६


एजेन्सी । सुडानमा आजदेखि एक हप्ताका लागि युद्धविराम भएको छ ।

सेना र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेस (आर.एस.एफ) बीच एकहप्ताका लागि युद्धविरामको सहमति भएको हो ।

सुडानको विदेशमन्त्रालका अनुसार सुडानी सेनाका प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्सेसका प्रमुखले आउँदो २८ गतेसम्म युद्धविराम गर्न सहमति जनाएको अन्तर्रा‍ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन सहमति पनि जनाएको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्