नवनियुक्त तीन मन्त्रीको शपथ आज

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ९ : ०६


काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले आज शपथग्रहण गर्ने भएका छन् ।

नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त तीन जना मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ गराइने भएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार बिहीबार ३ बजे शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलले कांग्रेस सांसदहरु धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्