जन्मदिनमा फुटबल स्टार नेयमार घाइते

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ४ : ३२


एजेन्सी । फुटबल सुपरस्टार नेयमार आफ्नो जन्मदिनताका ‘घाइते’ भएका छन्। 

घाइते भएपछि ब्राजिल एवम् पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेमार आज हुने नान्टेसविरुको टोलीमा सहभागी भएका छैनन्। उनको करङ्गमा चोट लागेको बताइएको छ। 

गत शनिबार मोन्टिपेलियरबिरुद्धको खेलमा नेयमार घाइते भएका थिए। पीएसजीले सोमबार नेयमारको स्वास्थ्य परिक्षण गरेपछि उनलाई आजको खेलमा समावेस नगरेको हो। 

दुई दिनअघि मात्र नेयमारले एक भव्य पार्टीको आयोजना गर्दै आफ्नो जन्म दिन मनाएका थिए। नेपाल भोलि अर्थात बुधबार २८ वर्ष पुग्दैछन्।

उनी पीएसजी आएपछि आफ्ना हरेक जन्मदिनमा घाइते भएको खबर सार्वजनिक हुने गरेका छन्। सन् २०१८ र २०१९ मा खुट्टामा चोट लागेका कारण उनी धेरै समय खेलबाट बाहिरै बसेका थिए। 


प्रतिक्रिया दिनुहोस्