शीर्ष स्थानको गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : १६


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ५ रनले हराउँदै रोमाञ्चक जित निकालेको छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको लो स्कोरिङ थ्रीलर खेलमा दिल्लीले १३० रनको लक्ष्य डिफेण्ड गर्दै सिजनको तेस्रो जित निकालेको हो ।

अंकतालिकामा पुछारमा रहेको दिल्ली क्यापिटल्सले शीर्ष स्थानको गुजरातलाई पराजित गरी तेस्रो जितका साथ प्लेअफ सम्भावना पनि कायमै राखेको छ ।

जितका लागि १ सय ३१ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन मात्रै बनाउन सक्यो ।

त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

दिल्ली ९ खेलमा ३ मा जितसहित पुछारमै छ । समान खेलमा ६ जितका साथ गुजरात शीर्ष स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्