काठमाडौँ । चीनमा तिब्र रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव तरकारी बजारमा पनि देखिएको छ।
कोरोना भाइरसको संक्रमण बढेपछि चीनबाट आयात रोकिँदा लसुनको भाउ नेपालमा झण्डै तीन गुणा महंगो भएको हो।
एक महिनाअघि प्रतिकिलो दुई सय ४५ रुपैयाँ रहेको लसुनको भाउ अहिले बढेर ६ सय पाँच रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
आयात बन्द भएसँगै व्यापारीले स्टकमा रहेको लसुनको भाउ बढाएका हुन्।
समितिका अनुसार अहिले आयात ठप्प रहेको छ भने गोदाममा भण्डारण गरिएको लसुन पनि सकिन लागेको छ। अब केही दिनमा बजारमा लसुन पाउन पनि मुस्किल हुने अवस्था रहेको व्यवसायीले बताएका छन्।
नेपालमा बर्सेनि करोडौँ रुपैयाँको सुकेको लसुन चीनबाट आयात हुँदै आएको थियो।