प्रधानमन्त्री प्रचण्डको दाबी- रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १ : ५३


चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका छन् ।

हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उनले रास्वपाले समर्थन फिर्ता नलिने दाबी गरेका हुन् ।

रास्वपा अध्यक्ष रवि लामिछानेसँग आईतबार भएको भेटमा रास्वपालाई सरकारमा ल्याउनेबारे सकारात्मक कुराकानी भएको बताए ।

रविले उक्त भेटमा यही मन्त्रालय चाहिन्छ भनि दाबी नगरेको र गठबन्धनमा सल्लाह गरेर मात्र टुंगो लगाउने प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई जोगाउने प्रयासमा सरकार नलागेको भन्दै न्यूनतम साझा कार्यक्रममा समेत भ्रष्टाचार अन्त्य गर्नका लागि प्रतिबद्धता जनाइएको पनि जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्