काठमाडौँ । आज (मंगलबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ९३ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ५९ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ६९ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ४८ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर