चीनबाट ल्याएपछि नेपाली विद्यार्थीलाई १४ दिन निगरानीमै राखिने

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  २ : ०९


काठमाडौँ । चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ।

प्रक्रिया पूरा गरेर यसै साता ल्याइने उनीहरूलाई राख्ने ठाउँ निर्धारण मंगलवार बेलुकासम्म हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निमोनिया गराउने नोबेल कोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरिसकेको छ। 

उक्त घोषणापछि सबभन्दा जोरिहेको चीनको वुहानलगायत क्षेत्रबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउन नेपाललाई दबाब बढेको छ। आजको कान्तिपुर दैनिकमा खबर छ। 


प्रतिक्रिया दिनुहोस्