आज स्वदेश फर्किँदै कांग्रेस नेता भण्डारी

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : १३


काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज स्वदेश फर्कन लागेका छन् ।

भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आज स्वदेश फर्किन लागेका हुन् ।

नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट भण्डारी स्वदेश फर्किन लागेका उनको सचिवालयले जनाएको छ ।

अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भण्डारीले नेपालमै गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस्