काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट पारित गर्ने विषयमा अध्ययन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले चार विषयमा अध्ययन गर्ने निर्णय गरेको छ।
नेकपाले आइतवार गठन गरेको कार्यदलले सोमबारै बैठक बसेर काम सुरू गरेको हो।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको बैठकले एमसीसीको विषयमा गहन छलफलका लागि चार विषयमा अध्ययन गर्ने टुंगो लागेको स्रोतले जनायो। आजको राजधानी दैनिकले खबर छापेको छ।