वैदेशिक रोजगारमा गएर फर्किएकाको आधिकारिक तथ्याङ्क

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १ : २३


काठमाडौँ । सरकारले वैदेशिक रोजगारमा जाने र फर्किने दुवैको आधिकारिक तथ्याङ्क राख्न थालेको छ। 

अध्यागमन विभागको सूचना व्यवस्थापन प्रणालीसँगको सहकार्यमा गएको सोमबारदेखि विदेशबाट फर्कने नेपालीको पनि तथ्याङ्क राख्न थालिएको हो। 

अहिलेसम्म विदेश जानेको आधिकारिक तथ्याङ्क भनेको वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएकालाई मात्रै आधार मान्ने चलन थियो। अब भने श्रमस्वीकृति लिएका सबै गए वा नगएको र विदेशबाट फर्किनेको तथ्याङ्क पनि पाइने भएको छ।

वैदेशिक रोजगार विभागका अनुसार विभागबाट दैनिक औसतमा एक हजारभन्दा बढी युवा वैदेशिक रोजगारका लागि अन्तिम श्रमस्वीकृति लिने गरेका छन्। 

अब अध्यागमन विभागले पनि छुट्टै तथ्याङ्क राख्ने हुँदा रोजगारीमा जान अन्तिम श्रमस्वीकृति लिने, कति वैदेशिक रोजगारीमा गए र कति फर्किए भन्ने यकिन तथ्याङ्क आउने विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिनुभयो। आजको गोरखापत्र दैनिकमा खबर छ। 


प्रतिक्रिया दिनुहोस्