शुक्रबार देशका पाँच प्रदेशमा वर्षाको सम्भावना

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ११ : ३६


काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले शुक्रबार देशका पाँचवटा प्रदेशमा वर्षा हुने भएको छ।

पश्चिमी वायुको प्रभावका साथै प्रि–मनसुन गतिविधि पनि सक्रिय रहेकाले वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी देशका पहाडी भेगमा मेघजर्गनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ भने मध्य र पश्चिम तराईका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आज ९बिहीबार० राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघजर्गनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघजर्गनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्