वडाध्यक्षले नै उपसचिवमाथि मुक्का प्रहार गरेपछि…

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ८ : ५५


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टले उपसचिवमाथि मुक्का प्रहार गरेका छन् ।

वडाध्यक्ष विष्टले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव नेत्रबहादुर कार्कीमाथि मुक्का प्रहार गरेका हुन् ।

अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडिओमा कार्की केही बोलिरहेको देखिन्छ । तर, वडाध्यक्ष विष्टले भने एक्कासी उनीमाथि मुक्का प्रहार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्