काठमाडौं । सत्तारुढ दल नेकपाका डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमाथि भएको कुटपिटको जिम्मेवारी विप्लव नेतृत्वको नेकपाले लिएको छ ।
नेकपा विप्लव डडेल्धुराका इन्चार्ज दौलत सिँह विष्ट र सेक्रेटरी विजयले विज्ञप्ति निकालेर घटनाको जिम्मेवारी लिएका हुन् ।
जोशीलाई शुक्रबार आलिताल भन्दा करिब पाँच सय मिटर माथि चौर वण्डलेमा जोशीमाथिलाई नियन्त्रणमा लिएर कुटपिट गरिएको थियो ।