चीनलाई कोरोना भाइरस नियन्त्रणका लागि एघार मुलुकको सहयोग

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ३ : २१


कोरोना भाइसरविरूद्ध जुधिरहेको चीनलाई संयुक्त राष्ट्रसंघ बालकोषका साथै विभिन्न एघार मुलुकले भाइरस नियन्त्रण र रोकथामका लागि पठाएको सहयोग चीन पुगेको चीन सरकारका प्रवक्ताले सोमबार बताएका छन्।

दक्षिण कोरिया, जापान, बेलायत, फ्रान्स, टर्की, पाकिस्तान, काजकस्तान, हङ्गेरी, इरान, बेलारूस र इनिडोनेसियाबाट कोरोना भाइरस नियन्त्रणका लागि सामग्री उपलब्ध भएको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुन्निङले पत्रकार सम्मेलनमा बताउनुभयो।

उक्त सामग्री आइतबारसम्म आइपुगेको उहाँले उल्लेख गर्नुभयो। उहाँले अन्य मुलुकबाट पनि सहयोगका सामग्री आउने क्रम रहेको खबरहरू प्राप्त भएका उहाँको भनाई थियो।

आवश्यक परेका वेला सहयोग गर्ने साथी वास्तविक साथी रहेको भन्दै सहयोगी सबैलाई धन्यवाद दिनुभयो। चीनमा कोरोना भाइरसको सङ्क्रमणका कारण मेडिकल मास्क, प्रोटेक्टिभ सुट र सुरक्षित चश्माजस्ता सामानको जरूरी रहेको छ। 


प्रतिक्रिया दिनुहोस्