काठमाडौं विमानस्थलबाट उड्ने वित्तिकै फ्लाइ दुबई विमानमा आगो लाग्यो, फाेर्स ल्याण्डिङकाे तयारी

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : ५१


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानमा आगो लागेको छ ।

उडेको केहिवेरमै आगो लागेको विमानको एउटा इञ्जिन फेल भएको बुझिएको छ । विमानमा दुईवटा इन्जिन हुन्छन् । एउटा इन्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान इमाडोल (ललितपुर) क्षेत्रमाथि पुगेलगत्तै ठूलो आवाजसहित पड्किदा आगो लागेको थियो ।

१६२ जना यात्रु बोकेको फ्लाई दुबईको जहाजमा आगलागी भएको हो । त्रिभुवन विमानस्थलमा फोर्स ल्याण्डिङको तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्