भरुवा बन्दुक बोकेर शिकार खेल्न जंगल जाँदा साथीको मृत्यु, अमित पक्राउ

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : ३८


नुवाकोट । आफ्नै साथीले बोकेको भरुवा बन्दुक पड्किदा नुवाकोटमा एक युवककको मृत्यु भएको छ । नुवाकोटको किम्ताङ जंगलमा आफ्नै साथीले बोकेको भरुवा बन्दुक पड्केर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो ।

म्यागङ गाउंपालिका–४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किम्ताङको जंगलमा शिकार खेल्न गएको बेला अमित तामाङले बोकेको बन्दुकको छर्रा लागेर पञ्च घलेको मृत्यु भएको हो ।
घटनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्