बाघले झम्टेर लगेकी महिलाको अवस्था अझै अज्ञात

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ३ : २१


कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणमा परेकी महिलाको अवस्था अझै अज्ञात छ ।

शुक्रबार बिहान घाँस काट्न गएकी स्थानीय ४२ वर्षीया गङ्गा चन्द बाघको आक्रमणपछि बेपत्ता छिन् ।

हिजो राति १२ बजेसम्म प्रहरी र स्थानीयवासीले खोजी गरे पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनको खोजीकार्य जारी रहेको बताइएको छ ।

शुक्रबार बिहान ११ बजेतिर चाररपाँच जना महिलासँगै घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेर लगेको हो ।

महिलामाथि आक्रमण गर्ने बाघलाई स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले दिउँसोदेखि घेरेर बसेका थिए।


प्रतिक्रिया दिनुहोस्