नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवस आज

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ११ : १६


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवस आज मनाइँदै छ । २००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको सम्झनामा यो दिवस मनाइन्छ ।

२००६ साल वैशाख ९ गते भारतको कोलकातामा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको पहलमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको हो।

तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसमा रहेका पुष्पलालले २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरेका थिए ।

पछि राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई उनले नेपाल कम्युनिष्ट पार्टी २००६ वैशाखमा भारतकै कोलकातामा स्थापना गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्