एसीसी प्रिमियर कप : आज बहराइन र कुवेत तथा कतार र साउदी अरेबिया भिड्दै

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ८ : १४


काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदै छन् । खेल कीर्तिपुर र मूलपानी मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

कीर्तिपुरमा समूह ‘ए’ का कतार र साउदी अरेबियाबीच खेल हुँदैछ ।

कतार पहिलो खेलमा ओमानसँग ४० रनले तथा साउदी अरेबिया मलेसियासँग ८ विकेटले पराजित भएको थियो । त्यस्तै, मूलपानी मैदानमा हुने खेलमा समूह ‘बी’ का बहराइन र कुवेतबीच खेल हुनेछ ।

बहराइनले पहिलो खेलमा सिङ्गापुरलाई हराएको थियो । पहिलो खेलमा कुवेत यूएईसँग हारेको थियो ।


प्रतिक्रिया दिनुहोस्