एजेन्सी । म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
बिहीबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा सेभिल्लासँग ३–० ले हार्दै युनाइटेड अन्तिम आठ बाटै बाहिरिएको हो । युनाइटेड सेभिल्लासँग समग्रमा ५–२ गोल अन्तरले हार्यो।
पहिलो लेगमा २–२ गोलको बराबरीमा रोकिएको युनाइटेड दोस्रो लेगमा ३–० ले हार्यो । सेभिल्लाको जितमा युसुफ एन न्यास्रीले दुई तथा लोइक बेडले एक गोल गरे ।
सेभिल्लाले अब युरोपा लिगको फाइनलमा पुग्न युभेन्टसको सामना गर्नेछ।