सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी, ८ कक्षा उत्तीर्ण भएकालाई पनि अवसर [सूचनासहित]

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ४ : ५६


काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । शुक्रवार सार्वजनिक सूचना जारी गर्दै सेनाले चार हजार पाँच सय पद पूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

१८ वर्ष पूरा भएर २२ वर्ष ननाघेकाले १४ जेठसम्म आवेदन दिन पाउने सेनाले जनाएको छ ।

सेनाले खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो ।

न्यूनतम आठ कक्षा पास भएका व्यक्तिले आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्